Thursday, August 30, 2012

सिलोक (श्लोक)

हन्दू परम्पराअनुसार गरिने विवाहमा विवाह कार्यक्रमका विभिन्न पड़ावमा सिलोक भन्ने प्रथा विशेष ब्राह्मण, छेत्री, विश्वकर्म, दमाई समाजमा प्रचलित छ।

    वर र वधू (बेउला र बेउली) पक्षका सिलोकेहरूले हातमा सेउली लिएर भन्ने सिलोक :

प्रश्न: (वधु पक्ष) -   कहाँबाट आयौ तमु जन्ती, कहाँ सम्मकी दाऊ

                             धरती तुमारे भान्जे बुहारी के भनी टेकी आयौ पाऊ?

उत्तर (वर पक्ष) -    घरबाट आयौ हामु जन्ती, यहीँ सम्मकी दाऊ

                             धरती हामरे भान्जी बुहारी, विष्णु विष्णु भनी टेकी आयौ पाऊ।

प्रश्न -                    कहाँ उपजे इन विरुवा लामा चिल्ला पात
                             केको निम्ति बोकी ल्यायौ, के हो यसको जात?
उत्तर -                  मधुवन उपजे इन विरुवा लामा चिल्ला पात
                             विवाह कर्मको निम्ति बोकी ल्यायौं पैयौं हो यसको जात।
प्रश्न -                    कहाँ उपजे ल्वाङ सुपारी, कहाँ उपजे वेला
                             कसका हौ तिमी नाति-पनाति, कसका हौ तिमी चेला?
उत्तर -                   मधेसमा उपजे ल्वाङ सुपारी, त्यहीँ उपजे वेला
                             बाजे-बराजुका हौं नाति-पनाति, गुरुजीका हौं चेला।

प्रश्न -                    कति बाट्यौं नामला-दामला, कति बाट्यौ कुच्चा

                             

Monday, August 27, 2012

प्रतियोगितात्मक परीक्षाहरूबारे संक्षिप्त जानकारी

हाम्रा धेरै जस्तो युवाहरू शिक्षार्जनपश्चात् उचित जानकारीहरूको अभावमा कतिपय प्रतियोगितात्मक परीक्षाहरूमा अंशग्रहण गर्नबाट वञ्चित रहन्छन् जसको फलस्वरूप उनीहरू उचित योग्यता हुँदाहुँदै पनि राम्रा-राम्रा रोजगारहरूबाट नै विमुख हुन पुग्दछन्। बेरोजगारी जस्तो जल्दो-बल्दो मुद्दालाई ध्यानमा राख्दै म यस प्रकारणमा पश्चिम बङ्गाल सरकारको प्रशासनिक सेवा (W.B.C.S)- को परीक्षाबारे संक्षिप्त जानकारी दिन जमर्कोगर्दैछु जुन कुरो हृदयाङ्गम गरेर एकैजना युवाले मात्र प्रतिवर्ष यस परीक्षा उत्तीर्ण गर्न सकेको खण्डमा यस कलमकार सन्तुष्ट हुनेछ।

मूलतः डब्ल्यू० बी० सी० एस० परिक्षा पश्चिम बङ्गालको लोक सेवा आयोगद्वारा सञ्चालन गरिन्छ। यस आयोगद्वारा आयोजन गरिने विभिन्न परिक्षाहरूमध्ये यो एक महत्त्पूर्ण परिक्षा हो। यस परिक्षामार्फत् विभन्न विभागीय अधिकारीहरूको चयन गरिन्छ। केन्द्रमा आइ० ए० एस० अधिकारीहरूको परिक्षा गरिएअनुरूप राज्यमा डब्ल्यू० बी० सी० एस० परीक्षाको आफ्नै विशेषता एंव गरिमा रहेको छ। प्रतिवर्ष आयेजना हुने यस परीक्षाबारे आयोगद्वारा विज्ञप्ति अगस्त वा सितम्बर महिनातिर जारी गरिन्छ। यस्ता विज्ञप्तिहरू राष्ट्रिय दैनिकहरूमा पनि प्रकाशित हुने गर्छन्। पाठकहरूले विज्ञप्तिबारे विस्तृत जानकारी आयोगको वेबसाइट www.pscwb.org -मा भ्रमण गरी डाउनलोड गर्न पनि सक्छन्।
पश्चिम बङ्गाल सरकार अधीनरथ आयोगद्वारा सञ्चालित हुने यस परीक्षाअन्तर्गत निम्न विभिन्न अधिकारीहरूको चयन गरिन्छ -

खण्ड कः

१. डब्लयू० बी० सी० एस० (एकज्युक्युटिभ)

२. कमर्सियल सर्विस
३. एग्रिकल्चरल इन्कम ट्याक्स सर्विस
४. एक्साइस सर्विस
५. एसिस्टेन्ट रेजिस्ट्रार अफ् को-अपरेटिभ सोसाइटी
६. लेबर सर्विस
७. फुड एण्ड सप्लाई सर्विस
८. इम्प्लोइमेन्ट सर्विस
९. रेजिष्ट्रसन एण्ड स्ट्याम्प रेभेन्यू सर्विस


खण्ड ख

१. वेस्ट बेंगाल पुलिस सर्विस


खण्ड ग

१. ज्वाइन्ट बी० डी० ओ०

२. डेपुटी एसिस्टेन्ट डाइरेक्टर अफ् कन्ज्युमर अफेयर्स एण्ड फेयर बिजिनेस सर्विस
३. एसिस्टेन्ट क्यानल रेभेन्यू अफिसर
४. वेस्ट बेंगाल जुनियर सोसियल सर्विस
५. वेस्ट बेंगाल सब-अर्डिनेट ल्याण्ड रिफर्म सर्विस
६. एसिस्टेन्ट कमर्सियल ट्याक्स अफिसर
७. चिफ कन्ट्रोलर अफ करेक्शनल सर्विस


खण्ड घ

१. इन्सेपक्टर अफ् को-अपरेटिभ सोसाइटी

२. पञ्चायत डेभोलोमेन्ट अफिसर
३. रिह्याबिलिटेशन अफिसर


मूलतः डब्ल्यू.बी. सी. एस. परीक्षा तीन खण्डमा विभाजन गरिएको छ। प्रथमतः प्रारिम्भक परीक्षा (Preliminary Examination), मुख्य परीक्षा (Mains) अनि व्यक्तित्व परीक्षा (Personality Test)

प्रारिम्भक परीक्षा जनवरी महिनातिर आयोजना हुने गर्छ। यस परीक्षामा प्रवेस लिन चाहने उम्मेद्वारको शैक्षिक योग्यता मान्यताप्राप्त विश्वविद्यालयबाट स्नताक हुनुपर्छ औ उमेर 21 वर्ष न्युनतम अनि अधिकतम 32 वर्ष निर्धारित गरिएको छ। यद्यपि अनुसूचित जाति अनि अनुसूचित जनजातिको निम्ति अधिकतम उमेरमा सीमामा पाँच वर्षको छुट दिइएको छ। यो परीक्षा 200 अङ्कको हुनेछ भने यो multiple choice objective प्रकारको प्रश्नावाली हुनेछ। परीक्षार्थीहरूले खूबै होसियारीपूर्वक सही उत्तरहरूमा आवश्यक चिह्न लगाउनुपर्नेछ। गलत उत्तर भए कम्प्युटरले ऋणात्मक मार्किंङ (Negative Marking) गर्नेछ। यस्ता परीक्षाहरूमा अंशग्रहण गर्दा परीक्षार्थीहरूले खूबै होशियारीपूर्वक उत्तर दिनुपर्नेछ। आफूले नजानेको प्रश्नहरूका प्रश्नहरूको उत्तर-कोष्ठहरूमा मनपरी दाग नलाएकै बेश। प्रारम्भिक परीक्षामा साधारण अध्ययन (General Studies) -बाट प्रश्नहरू गरिन्छन् जसको विषय क्षेत्र सम-सामयिक घटनाक्रम, इतिहास, भूगोल, विज्ञान, गणित, अर्थशास्त्र, राजनीति-शास्त्र अनि सम-सामयिक विभिन्न साहित्यहरू हुने गर्छन्। यस परीक्षाको अङ्क विभाजन निम्नप्रकार हुँदछ-
 
1 English Compostion 25 Mark
2 General Science 25 Mark
3 Current events of national and international importance 25 Mark
4 History of India 25 Mark
5 Goeography of india with special refercence to west bengal 25 Mark
6 Indian Politics and Economy 25 Mark
7 Indian National Movement 25 Mark
8 General Mental ability 25 Mark

आयोगद्वारा विज्ञापन अगस्त-सितम्बर महिनातिर प्रकाशित हुने जानकारी मैले माथि नै दिइसकेको छु। यथारीतिपूर्वक परीक्षाको फारम भरेर आयोगको कार्यलयमा बुझाएपछि जनवरी महिनाको शुरुतिरैदेखि परीक्षाको निम्ति एडमिट कार्डहरू परीक्षार्थीहरूलाई आयोगले पठाउन थाल्छ। प्रारम्भिक परीक्षा जनवरीको तेस्रो सप्ताहतिर हुन्छ। यो दुइ घण्टाको अवधिको हुँदछ। परीक्षा केन्द्र दार्जीलिङ वा सिलगड़ी नै गर्नु बुद्धिमता हुनेछ। यस Preliminary Exam- को परीक्षाफल अप्रेल महिनातिरै प्रकाशित हुन्छ, जसको जानकारी आयोगको वेबसाइटबाट पनि प्रप्त गर्नसकिन्छ।


प्रारम्भिक परीक्षाको नतीजा- फल असल भए मात्र परीक्षार्थीलाई मुख्य-परीक्षा (Mains)-मा बस्ने अनुमति प्राप्त हुन्छ। Mains परीक्षा पनि दुई भागमा विभाजित गरिएको छ-


१. वाञ्छनीय पत्र (Compulsory Papers) अनि ऐच्छिक पत्र।

वाञ्छनीय पत्र (Compulsory Papers)- को विषय क्षेत्र निम्न प्रकारका हुन्छन्-

Paper I - (Nepali/Bengali) Essay, Precis writing, Compostion and translation from English to Nepali. (Marks 40+20+20+20)
PaperII - (English) English Essay, Precis Writing, Compostion and translation from Nepali to  English (Marks 40+20+20+20)
Paper III- General Knowledge and Current Affairs (Marks 50+50)
Paper IV- Constitution of India and Five years Plan (Marks 50+50)
Paper V- Artimetic and Test of Reasoning (Marks 50+50)


ऐच्छिक विषय (Optional Subject) -मा परीक्षार्थीले कुनै पनि दुइ विषय छान्न सक्नेछन्। एक विषय दुइ सय मार्कको हुन्छ र यो कूल ४०० मार्कको हुनेछ। कुनै पनि मान्यताप्राप्त विश्वविद्यालयहरूले निर्धारण गरेका विषयहरूमा अनर्स डिग्री स्तरका कुनै दुइ विषयहरू परीक्षार्थीहरूले छान्न सक्छन्। Mains परीक्षा जुलाई-अगस्त महिनातिरै हुनेछ। तर यस परीक्षाको केन्द्र यता दार्जीलिङ, सिलगड़ीमा भने हुँदैन। यस परीक्षामा भाग लिन परीक्षामा भाग लिन परीक्षार्थी कलकत्ता जानुपर्नेछ।Mains परीक्षाको परीक्षाफल अक्टुबर-नवम्बर महिनातिर आोयगले प्रकाशित गर्दछ। Mains परीक्षा उतीर्ण गर्नेपरीक्षार्थीहरूलाई आयोगले व्यिक्तित्व-परीक्षा (Personal Test)- को निम्ति कलकत्तामै आयोग कार्यलयमा, जुन एस. पी. मुखर्जी रोडमा अवस्थित छ, दिसम्बर-जनवरी माहिनामा डाक्ने गर्छ। Personal Test २०० अङ्कको हुँदछ। आयोगका पाँच सदस्यीय टोलीले परीक्षार्थीको व्यक्तित्व परीक्षण गर्छन्। आयोगकहाँ प्रस्तुत गरिएको Bio-data बमोजिम मौखिक प्रश्नहरू सोध्छन्। आयोगका सदस्यहरू सेवानिवृत्त वरिष्ठ अधिकारीहरू, शिक्षाविद्हरू हुने गर्दछन्। उनीहरू मौखिक परीक्षावधिमा यस्तो वातावरण पैदा गर्नेप्रयास गर्छन् कि परीक्षार्थीहरू आफूले परीक्षा दिएको होइन बरू कुनै गम्भीर विषयमा आवश्वक छलफल गरिँदैछ कि भन्ने भान हुन्छ।
clip_image001

समग्रमा, परीक्षार्थीले प्राप्त गरेको अङ्ककै आधारमा मेरिटलिस्ट तयार पारेर रिक्त-पदहरू भर्न उत्तीर्ण भएका परीक्षार्थीहरूको सूचि आयोगले सरकारकहाँ नियुक्तिको निम्ति सिफारिस गरिएका व्यक्तिहरूलाई नियुक्त गर्दछ।

यसरी, निष्पक्ष रूपमा सुयोग्य अधिकारीको चयन गर्नेलोक सेवा आयोगको काम सराहनीय छ। आयोगको कार्य-प्रणालीमा कुनै पनि राजनैतिहस्तक्षेप हुन पाउँदैन र नै योग्य व्यक्तिहरूलो नियुक्ति सठिक स्थानमा हुने गर्दछ। यद्यपि, यस्ता परीक्षाहरू उत्तीर्ण गर्न भने कठोर प्रितस्पर्धाको सामना गर्नुपर्दछ। लाखौं परीक्षार्थीहरूबाट आयोगले तीन-साँड़े तीन सयजना मात्र अधिकारीहरू चयन गर्नेहुनाले सामान्य परीक्षार्थीहरूले सफलता पाउन सक्तैनन्। वास्तवमा धैरै जसो उम्मेद्वारहरू बिना तैयारी नै परीक्षामा बस्ने गर्छन् अनि विफल हुने गर्छन्। यस परीक्षाका उम्मेद्वारहरूले परीक्षाको तैयारी खूबै गम्भीरतापूर्वक गर्न अनिवार्य छ। सीमित समयावधिभित्र उपयुक्त पाठ्य सामग्री नियमितरूपले अध्ययन गर्नेअभ्यास नै सफलताकुनै लक्षण हो।
यस परीक्षामा बस्न चाहने युवाहरूलाई म एक-दुइवटा टिप्स के दिन चाहुन्छु भने यो परीक्षा कुनै Academic परीक्षा नभई प्रतियोगितात्मक परीक्षा हुनाले मेरिटिलस्टमै आउनुपर्नेकारणले गर्दा खूबै गम्भीरतापूर्वक यसको तैयारी गर्नुपर्छ। असल इन्स्टिच्युट (जस्तै RICE, Haldar, Civil Service Academy सबै कलकत्तातिरै अवस्थित छन्) -तिरबाट कोचिङ लिन सके राम्रो तर यो खर्चालु हुनाले असल पुस्तकहरूको सङ्कलन औ अध्ययन गर्नसके राम्रो हुनेछ। कलकत्तास्थित कलेज स्ट्रीटतिर मनग्गे असल पुस्तकहरू पाइन्छन्। दुःख-सुख सिलगड़ी कलेज छेउ-छेउतिरका पुस्तक-पसलहरूतिर पनि यस परीक्षाका उपयोगी सामग्रीहरू पाउनसकिन्छ।
Mains परीक्षा दिन कलकत्तामा आफन्तहरू छन् भने ठिकै छ तर त्यहाँ अध्ययन अनि पठन-पाठन गर्नसकिने माहौल पनि हुनुपऱ्यो। कलकत्ताको बहुबाजारस्थित बुद्धिष्ट देम्पलमा कम खर्चमा निकै दिन बस्ने चाँजो मिल्नसक्छ।
अनुसूचित जाति अनि अनुसूचित जनजातिलाई निश्चित आसनहरू आरक्षण गरिएको हुन्छ। आरक्षित समुदायभित्र पनि कठोर प्रतिस्पर्धा गर्नैपर्छ। यसैले म आवश्वक योग्यता भएका शिक्षित युवा भाइ-बहिनीहरूलाई परीक्षामा तनमन लगाएर तैयारी गर्नेआह्वान् गर्दछु। आरक्षणको उपभोग गरी सठिक जगहमा स्थापित हुनसके देशप्रति एक इमानदार अनि योग्य अधिकारीको छाप छोडेर सबैको अघि आफ्नो जाति र समाजको शिर उच्च गर्नसकिनेछ भन्ने मलाई लागेको छ।


चन्द्रसेन खाती (हाम्रो दृष्टि)


















Friday, August 24, 2012

स्वतन्त्रता संग्रामी जङ्गवीर सापकोटा




clip_image001       भारतका सपूत जङ्गवीर सापकोटाको जन्म धजे कमान, सुकेपोखरीमा २ जुलाई, १८८२-मा भएको थियो। उहाँको बाल्यकाल कमानमै घाँस-दाउरा गर्दै बित्यो। कमानमा प्राथमिक स्कूलसम्मको शिक्षा लिनुभएथ्यो। सानै उमेरमा ब्रिटिसको क्रूर हुकुमती शासन देख्दा उहाँको कलिलो हृदयमा विद्रोहको आगो सल्किएको हुनुपर्छ, फलतः स्वतन्त्रता संग्रामले हृदय आकृष्ट भयो।  १९१५ सालमा श्री मोहनदास करमचन्द गान्धी दक्षिण अफ्रिकाबाट स्वदेश फर्केका समय ब्रिटिस शासनको अत्यचार, अन्याय, प्रशासनिक दुर्व्यवहारदेखि विरक्त भएर तड़पिरहेका थिए - जङ्गवीर सापकोटा। १९२० सालतिर दलबहादुर गिरीको नेतृत्वमा उहाँले उन्मक्तिको बाटो पाए। त्यसपछि मृत्युले न अँगालुन्जेलसम्म आफ्नो सिद्धान्तबाट

Leave your comment...
आफ्नो प्रतिक्रिया लेख्नुहोस..

Related Posts Plugin for WordPress, Blogger...