हन्दू परम्पराअनुसार गरिने
विवाहमा विवाह कार्यक्रमका विभिन्न पड़ावमा सिलोक भन्ने प्रथा विशेष ब्राह्मण, छेत्री, विश्वकर्म, दमाई समाजमा प्रचलित छ।
वर र वधू (बेउला र बेउली) पक्षका सिलोकेहरूले
हातमा सेउली लिएर भन्ने सिलोक :
प्रश्न: (वधु पक्ष) - कहाँबाट आयौ
तमु जन्ती, कहाँ
सम्मकी दाऊ
धरती तुमारे भान्जे बुहारी के भनी टेकी आयौ पाऊ?
उत्तर (वर पक्ष) -
घरबाट आयौ हामु जन्ती, यहीँ सम्मकी दाऊ
धरती हामरे भान्जी बुहारी, विष्णु विष्णु भनी टेकी आयौ पाऊ।
प्रश्न -
कहाँ उपजे इन विरुवा लामा चिल्ला पात
केको निम्ति बोकी ल्यायौ, के हो यसको जात?
उत्तर -
मधुवन उपजे इन विरुवा लामा चिल्ला पात
विवाह कर्मको निम्ति बोकी ल्यायौं पैयौं हो यसको जात।
प्रश्न -
कहाँ उपजे ल्वाङ सुपारी, कहाँ उपजे वेला
कसका हौ तिमी नाति-पनाति, कसका हौ तिमी चेला?
उत्तर -
मधेसमा उपजे ल्वाङ सुपारी, त्यहीँ उपजे वेला
बाजे-बराजुका हौं नाति-पनाति, गुरुजीका हौं चेला।
प्रश्न -
कति बाट्यौं नामला-दामला, कति बाट्यौ कुच्चा
उत्तर -
धेरै बाट्यौं नामला-दामला, थोरै बाट्यौं फुच्चा,
धेरै ल्यायौं बूढ़ा-पाका, थोरै ल्यायौं फुच्चा।
प्रश्न -
कहाँ पऱ्यो माल-मदेश, कहाँ पऱ्यो लाहुर
कति वर्षकी बेहुला ल्यायौं, कति अक्षरको माउर?
उत्तर -
उँधो पऱ्यो माल-मदेश, उँधै पऱ्यो लाहुर
सोह्र वर्षको बेहुला ल्यायौं, वत्तीस अक्षरको माउर।
प्रश्न -
कहाँ उपजे ब्रह्म-विष्णु, कहाँ उपजे वेद
कहाँ धामी धनन्तरी,
कहाँ उपजे छेद?
उत्तर -
कमलका फूलमा उपजे ब्रह्म विष्णु ब्रह्मले बनाए वेद
धरतीमा उपजे धामी धनन्तरी, खोलामा उपजे छेद।
जग्गेमा भनिने श्लोकहरू :
फूल फुल्य नगरी कठै वन भनी टिपेर ल्याउन चरी
एक थुँगो
टिपेर चढाऊँ भगवती बाजा बज्ङ्मो नौमति।
दिउँसो
कराउने काली जुरेली, रातमा
कराउने कोइली
हाम्रो
जग्गे अँध्यारो भयो, छिट्टो
निकाल बेहुली।
साथैको
सङ्गेनी सबै चलिगए, शिरमा
विभूतको टीको,
माया
हुने रुलान्, शत्रु
खुशी होलान् देश काटी जानै निको।।
कन्यादान गर्दा भनिने सिलोक -
भित्रबाट आमा छम-छम आउन
भोको पेट
फुको केश कन्यादान देऊन्।
परेवाको
भाले-पोथी भाले हाँसैको डिम्मा
आजदेखि
लाग्यौं चेली कुटुम्बको जिम्मा।
बारीको
डिल-डिल बसिगयो कोइली
सासुले
भात दिन्छिन् पिपल पाते चोइली।
सिन्दुर पोते गर्दा भनिने
सिलोक
बाघ भालु वनमा झसङ्ग मनमा
टीका खस्यो पातमा
जसको छ
लहना, उसैको
गहना सिन्दुर पऱ्यो माथामा।
वर-पिपल
छहारी, चिनेको
चौतारी यो धर्म कसले गऱ्यो
वड़ाको
छोरालाई छोरी दिनुभयो शाखा हजुरकै रह्यो।
छेवैको
खोला पनि धमिलो हुनगयो धोबीले लुगा धुँदै
जन्ती
जति जालान् खुशी हुँदै माइति बसौंला रुँदै।
सँगेनी
बिहानै
उठिनी चिउरी चाँप दुधैले भिजाउला
ए मेरी
आमै दुधैले भिजाउला।
बिहानी
उठी थपक्कै निहुरी ससुरा रिजाउँला
बिहानी
उठी थपक्कै निहुरी सासूलाई रिजाउँला
बिहानी
उठी थपक्कै निहुरी जेठाजु रिजाउँला
बिहानी
उठी थपक्कै निहुरी जेठानी रिजाउँला
बिहानी उठी
थपक्कै निहुरी आमाजु रिजाउँला
बिहानी
उठी थपक्कै निहुरी नन्दलाई रिजाउँला
यति नै
गर्दा भएन भने ज्ङ्मान ङ्मसै बिताउँला
आमै
ज्यान यसै बिताउँला................।
संकलन ः धनबहादुर साशंकर अनि नैनबहादुर कालिकोटे