Wednesday, September 19, 2012

दलितको मसीहा “भारत रत्न” डा. भीमराव अम्बेदकर

(कालेबुङ विश्वकर्म समाजद्वारा डा. भीमराव अम्बेदकर जन्म-जयन्ती समाजघरमै भव्य रुपमा पालन गरिएको थियो। यस अवसरमा श्री एल. बी. घिमिरे, श्री मणिकुमार रसाइली, श्री दशरथ लोहार, श्री भरत बराइली अनि श्री सुदेश खातीद्वारा आ-आफ्ना विचार प्रस्तुत गरिएको थियो। यसै कार्यक्रममा श्री बी. के. सिलालद्वारा डा. भीमराव अम्बेदकरको जीवनमाथि एउटा लेख प्रस्तुत गरिएको थियो जसलाई यस व्लोगका पाठकहरूका निम्त जस्ताको त्यस्तै यहाँ प्रकाशित गरिएको छ।
 
महापुरुषहरूले भनेका छन् –परिस्थिति र समयअनुकूल नै महापुरूषहरूको जन्म हुन्छ। प्रत्येक युगमा एक न एक युग प्रवर्तक महापुरूष, सन्त महात्माहरूले जन्म लिई आफ्नो सत्प्रायास एंवम् महान् कार्यको माध्यामद्वारा युग-निर्माता बनी उच्च पदमा अर्थात् ओहोदामा पुगेका हुन्छन्। यसरी नै भारतरत्न डा. भीमराव अम्बेदकर पनि यिनै महान् परम्पराद्वारा नै एक अग्रीम महापुरूष थिए। तिनले आफ्नो सम्पूर्ण जीवन दलित, पीड़ित, गरिब, दुःखी, शोषितहरूको उत्थान, उद्धार औ प्रगतिको निम्ति समर्पित गरेका थिए।

ड़ा. भीमराव अम्बेदकरको जन्म एक दलित वर्गमा भएकोले उक्त वर्गको पीड़ित एंवम प्रताड़ित मनुष्यको गाथाको प्रत्यक्ष अनुभवको विशाल भण्डार थियो उनमा। धेरै शताब्दी पहिलेबाट नै भारतीय समाजमा अछुत वर्गका मानिसको जीवन दुःखमय, उपेक्षित अनि प्रताड़ित थियो। त्यो सबैले जानकै कुरा हो। सामन्ती समाज व्यस्थामा अछुत वर्गका मानिसहरू पशुभन्दा तुच्छ सम्झी, घृणित व्यवहार गरी दासका रूपमा हेरिन्थ्यो। यिनीहरुको जीवन जिउँदैमा नारकीय थियो। यस्तो शोषणमूलक व्यवस्था समाजिक असमानताविरूद्ध सङ्घर्ष गर्नेएक दीर्घ परम्परा बसेको थियो। प्राचीन कालमा महात्मा बुद्ध, महावीर स्वामी मध्यकालमा कबीर, रविदास, गुरू नानक र आधुनिक कालमा रामकृष्ण परम हंस, विवेकानन्द, महात्मा गान्धी आदिले यस्तो असमानता, सामाजिक संरचमाविरुद्ध आ-आफ्नै दङ्गद्वारा सङ्घर्ष गर्दै आए। यसरी नै डा. भीमराव अम्बेदकर पनि सङ्घर्षशील परम्पराका सुदृढ़ स्तम्भ थिए।

डा. अम्बेदकरको महाराष्ट्रको भूमि “मूल” –मा अनुसूचित जातिको एक अत्यन्त निर्धन परिवारमा 14 अप्रेल 1891 –मा भएको थियो। तिनी आफ्ना मातापिताको चौधऔं (चौदह) सन्तानमा सबैभन्दा कान्छो थिए। तिनले जन्मँदै विशेष प्रतिभा लिएर आएका थिए। सन् 1907 –मा तिनले मेट्रिकको परीक्षमा उत्तीर्ण भएपश्चात् त्यही वर्ष रामबाईसित विवाह गरे। वैवाहिक जीवनको निर्वाह गर्दै आफ्नो अध्यन पनि जारी राख्दै सन् 1912 –मा स्नातक (बी.ए.) परीक्षमा उनी उत्तीर्ण भए। अर्थ अभावको कारण उच्च-शिक्षा प्रप्त गर्नमा बाधा उत्पन्न भयो तर संयोगवश वड़ोदाका नरेशले अम्बेदकरलाई सहायता दिने घोषणा गरे। साथै उहाँकै सहायताबाट तिनी उच्च शिक्षा प्रप्त गर्न 1916 –मा न्यूयोर्क गए। अमेरिका, जर्मन, लण्डनमा गएर अध्ययन गरेपश्चात् 1923 –सम्ममा तिनी एम.ए., पी. एच. डी. बार एट. ल –का महत्त्वपूर्ण परीक्षाहरूमा उत्तीर्ण भए। स्वदेश फर्किएपश्चात् जीविकोपार्जनको साथसाथै बाबा साहेब डा. भीमराव अम्बेदकर दलित वर्गको उत्थानको कार्यक्रममा सक्रिय रहे। दलित वर्गका सर्वमान्य नेता हुनाका साथै तिनी देशमुक्तिको साथसाथै सामाजिक एंवम शैक्षणिक व्यवस्थाको पनि अनिवार्य रहेको महसुस गर्थे। तिनको धारणा थियो – जबसम्म भारतबाट जातिप्रति छुवाछुतको भेदभाव हट्दैन तबसम्म राजनीतिक स्वतन्त्रता अधुरो रहनेछ। राजनीतिक क्रान्तिको समानान्तर सामाजिक औ सांस्कृतिक क्रन्ति पनि अनिवार्य छ। 1926-1931 –सम्म बाबा साहेबको जीवनमा खूबै सङ्घर्ष अनि उत्थानको समय रहेको थियो। तिनले “मूक” नामक पत्रिकाको प्रकाशन एंवम् सम्पादन गरेका थिए। यसैको माध्यमद्वारा दलित पीड़ित र उपेक्षितहरूका समस्याप्रति विचारोत्तेजक ढ़ङ्गबाट रचनाहरू प्रकाशमा ल्याउँथे। दलितहरूलाई तिनी शिक्षा दिनको साथै सङ्घर्षको निम्ति सङ्गठित हुने शिक्षा दिन्थे। तिनको धारणा थियो – यिनै सामञ्जस्य एंवम् समन्वयनबाट दलितहरूले आफ्नो उद्दार र उत्थान गर्नसक्छन्। सर्वप्रथम अम्बेदकरले 1927 –मा महाड़मा “चौबदार तालाब” आन्दोलन गरे। 2 मार्च, 1930 –मा नासिक मन्दिर प्रवेश आन्दोलन गरे। तिनको भनाइ थियो – अछूत जाति आफ्नो धर्मावलम्बी मन्दिरमा प्रवेश गर्नदेखि किन वञ्चित छन्? यो भन्दा ठूलो अत्याचार अरू के हुनसक्छ? 6 दिसम्बर, 1930 –मा डा. अम्बेदकर अनुसूचित जाति एंवम् पछौटे जातिहरूको समोचित अधिकार दिलाउन “गोलमेज” कांग्रेसमा सामिल हुन लण्डन गए। यस्तै प्रकारले दोस्रोपल्ट 1931 –मा पनि “गोलमेज” परिषद्मा तिनले हिस्सा लिए। डा. अम्बदेकरको ओजस्वी वाणी, प्रतिभा भएका थिए। 24 सितम्बर, 1932 –मा डा. अम्बेदकरसित अंग्रेजहरूले ”पूना पैक्ट” गरेका थिए। यसैको परिणामद्वारा दलितहरूको अधिकारमा पढ़ोत्तरी भयो। अभाग्यवश 1934 –मा डा. अम्बेदकरकी धर्मपत्नी देहान्त भयो। यस्तो आघात पुगेको समय तिनले ज्यादै कठिनाइको जीवन बिताउनुपऱ्यो।

सन् 1936 –मा तिनी श्रमिक अनि दलितहरूको सङ्घर्षका निम्ति मजदूर सङ्गठनलाई ठूलो शक्ति मान्थे। बाबा साहेब भन्नहुन्थ्यो – दलितहरूका उथानका निम्ति जति आवश्यकता आर्थिक औ सामाजिक सङ्घर्षको हुन्छ त्यति नै उत्थान शिक्षाको हुन्छ। शिक्षाबिना मनुष्यको चेतनामा जागृति आउनसक्तैन। उपरोक्त उद्देश्य पूर्तिका निम्ति तिनले 20 मई, 1946 –मा सिद्धार्थ महाविघ्यालयको स्थापना गरे। डा. अम्बेदकरको प्रतिभा, परिश्रमनिष्ठा, कर्तव्य परायणता, कर्यकुशलता आदिको कारण तिनको प्रसिद्धि समस्त विश्वमा फैलियो।

भारत स्वतन्त्रतापश्चात् प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको दृष्टि डा. अम्बेदकरमाथि पऱ्यो अनि तिनलाई आफ्नो मन्त्रीमण्डलमा वित्तमन्त्री नियुक्त गरे। 21 अगस्त, 1947 –मा डा. अम्बेदकरलाई संविधान प्रारूप समितिको अध्यक्ष नियुक्त गरियो। डा. अम्बेदकरको निर्देशनमा स्वतन्त्र भारतको संविधान बनियो जसको मूल उद्देश्य धर्मनिरपेक्ष जनवरी, 1940 –मा तिनले भारतको संविधान राष्ट्रलाई समर्पित गरे। तिनले आफ्नो मन्त्रित्वकालमा अनेकौ महत्त्वपूर्ण संवैधानिक कार्यहरू गरेका थिए। यसैबीच तिनले देश-विदेशको भ्रमण गरे औ आफ्नो ओजस्वी भाषणद्वारा प्रत्येक भारतीयलाई प्रभावित पार्नसके। 27 सितम्बर, 1951 –मा डा. अम्बेदकरले मन्त्रीमण्डलबाट त्यागपत्र, विधि विशेषज्ञता, निष्ठा अनि आस्थादेखि समस्त विश्व प्रभावित भयो। 1952 –मा कोलम्बो विश्वविद्यालयले तिनलाई एल. एल. डी. –को उपाधिले सम्मानित गऱ्यो भने उस्मानिया विश्वविद्यालयले 12 जुन, 1943 –मा डी. लिट् –को उपाधि प्रधान गऱ्यो।

डा. अम्बेदकर एक बहुमुखी प्रतिभसम्पन्न व्यक्ति थिए। बौद्ध दर्शन औ धर्मको विषयमा अगाध ज्ञान उनमा थियो। उक्त दर्शनद्वारा अत्यन्तै प्रभावित हुनको साथै अन्तमा उनी बौद्ध बने।

सन् 1954 –मा भएको विश्व बौद्ध परिषद्मा भाग लिन रङ्गन अनि नेपाल गए। 20 नवम्बर, 1956 –मा उनले बुद्ध औ कार्ल मार्क्स नामक आफ्नो ऐतिहासिक भाषाण दिए जुन भाषण अत्यन्तै महत्त्वपूर्ण थियो। अम्बेदकर एक कुशल लेखक पनि थिए। भगवान बुद्ध औ तिनका धर्म नामक पुस्तक तिनको ज्यादै ख्यातिप्रप्त कृति थियो। बाबा साहेब डा. भीमराव अम्बेदकर महान् विधिवेत्ता, राजनीतिज्ञ, समाज सुधारक ओजस्वी वक्ता औ लेखक थिए। उनले आफ्नो प्रतिभाको बहुआयामी सन्दर्भ प्रदान गरे जसले सामाजिक, राजनीतिक, सांस्कृतिक औ आर्थिक क्षेत्रमा समान रुपमा प्रभावत गर्नसक्छ।

सन् 1990-91 –सालमा उनको जन्मशताब्दी वर्षको रुपमा पालन गरियो। यो शताब्दी वर्ष भारतमा मात्रै नभएर विदेशमा पनि बड़ो धुमधाम सँग पालन भयो। राष्ट्र, समाज, जाति औ धर्मको क्षेत्रमा विभन्न स्थानमा भावविह्वल “श्रद्धाञ्जली” अर्पित गऱ्यो। डा. अम्बेदकरको निस्वार्थ सेवाको निम्ति भारत सरकारले पनि देशको सर्वोच्च उपधि “भारत रत्न” –ले विभूषित गऱ्यो।

बाबासाहेब डा. भीमराव अम्बेदकरको स्मरण गर्नको मुख्य लक्ष्य देश औ समाजले उनले देखाएको मार्गमा हिँड़न सक्नुपर्छ। उनले दलित पीड़ित, गरिब, उपेक्षितहरूको उत्थानका निम्ति जसरी आफ्नो जीवन समर्पित गरेका थिए त्यसरी नै हामीले पनि त्यो कर्तव्य पालन गरी उनले देखाएको मार्गलाई अप्नाउन सक्नुपर्छ जबसम्म देशमा एक व्यक्तिको आँखामा आँशु बहनेछ जबसम्म देश र जाति समाजको कल्याण हुनेछैन। यसबारे समायमा नै हामीमा चेतना आएको हुनुपर्छ। बाबा साहेबको जयन्ती मनाएर मात्रै हुँदैन। उहाँको सपनालाई साकार बनाउनु हो भने हामी प्रतिज्ञा गरौं डा. भीमराव अम्बेदकरले देखाएको मार्गलाई अनुशरण गरे मात्र यसैमा हाम्रो भविष्य सन्निहित हुनेछ भन्ने।

जय भारत

जय अम्बेदकर

-बी. के. सिलाल

Leave your comment...
आफ्नो प्रतिक्रिया लेख्नुहोस..

Related Posts Plugin for WordPress, Blogger...