प्राकृतिक दृष्टिकोणबाट हेर्दा मानिस एक समाजिक प्राणी हो तसर्थ उ अहूदेखि अलग भएर बाँच्न सक्दैन। रबिंसन क्रुसो एउटा सुदूर टापुमा एकान्त जीवन बिताउन बाध्य भए पनि अन्तमा उ आफ्नो समाजमा फक्रिन आतुर थिए। मानव जीवनमा समाजको ठूलो मबत्त्व हुन्छ। मातापिताले आफ्ना सन्तानको उज्जवल भविष्यको निम्ति उनीहरूलाई सही मार्गमा डोऱ्याउन सधैँ तत्पर रहन्छन् भने त्यसरी नै समाजले मानव जातिको उत्थानमा मार्गदर्शन प्रदान गर्नु आवश्यक हुन्छ।
सचेत व्यक्तिहरू आफ्नो भविष्य सुनिश्चित गर्नमा सक्षम हुन्छन्। तर प्रायः धेरै व्यक्तिहरू उचित मार्ग चुन्नमा असमर्थ हुन्छन् साथै कोही कुपरिस्थितिको चपेटमा परेर आधा बाटामा भड़्कन्छन्। यस्ता व्यक्तिलाई सठिक मार्गतिर डोऱ्याई केही प्रत्यक्ष वा परोक्ष रूपमा सहायता पुऱ्याउन सके समाजको निम्ति एउटा सराहनीय कार्य हुनजान्छ।
एउटा नवजात शिशु प्रारम्भदेखि नै दुष्ट वा श्रेष्ठ हुँदैन। उ एउटा निर्मल, निश्चल आत्मासरह हुन्छ। केही कालसम्म उसलाई राम्रो-नराम्रो, सत्य-असत्यको बोध हुँदैन। समयमा जब उसको शारीरिक औ मानसिक स्थितिमा वृद्धि हुँदै जान्छ उसलाई आफूलाई नौलो परिवेशमा उभेको पाउँछ। यस्तो नौलो परिवेशमा उसको मस्तिष्क अति समवेदनशील हुन्छ। यस्तो अवस्थामा आफ्ना नानीहरूलाई सठिक मार्गमा डोऱ्याई असल अनुशासन औ असल शिक्षा प्रदान गर्न अभिभावकवर्गको ठूलो भूमिका रहन्छ। भविष्यमा ती नानीहरू नै समाज निर्माणका कर्णाधार हुनेछन्। अर्कोतर्फ कति हुर्केका नानीहरू आर्थिक अवस्थाले सताएर शिक्षा आर्जन गर्न हतास भएका हुन्छन् जस्ता नानीहरूप्रति समाजका चेतनशील व्यक्तिवर्गले उनीहरूको मनोबललाई सुदृढ़ गरी शिक्षा क्षेत्रमा सहोग पुऱ्याए ठूलो कल्याण हुनेछ।
हुने बिरुवाको चिल्लोपात भनेझैं कति नानीहरूमा विशेष सद्गुणको भण्डार लुकेको हुन्छ। गुरु, शिक्षक औ अभिभावकले यस्ता नानीहरूलाई चिह्नित गरी सठिक मार्गदर्शन गरिदिए उनीहरूका ती गुण फस्टाउन पाउँछन्। फलस्वरुप यस्ता नानीहरू भविष्यमा प्रभावशाली, दक्ष व्यक्ति हुनेछन् औ उनीहरूको उपस्थितिले समाजको गर्व र शोभा बढ़्नेछ। सरकारको धेरैजसो कल्याणकारी कार्यक्रम निम्नवर्गको हितमा हुने गर्छ। अर्कोतर्फ कति आर्थिक अवस्थाले सुसम्पन्न भएका धार्मिक व्यक्तिले दीन-दुःखी, निमुखाहरूलाई दान-दक्षिणा दिने गर्छन्। यस्तै प्रकारले समाजले असह्य व्यक्तिको काल्याणमा कार्य गर्न अनिवार्य हुँदछ कारण मानव सेवा नै समाज सेवा हो।
-सरन तिरुवा, हाम्रो दृष्टि