Sunday, September 16, 2012

विश्वकर्म समाज संगठित गर्नु समयको माग हो

विश्वकर्म समाज संगठित गर्नु समयको माग हो। यो कुरा यसकारण उल्लेख गर्न चाहन्छु कि भारत स्वतन्त्रताको यतिका वर्ष वितेर जाँदा अनि भारतजस्तो गणतन्त्र देशमा नागरिकहरूले आफूले कट्टर देशप्रेमी भएको अनेकौं प्रमाणहरू प्रस्तुत गर्दासम्म पनि कतिपय ठाउँहरूमा आफूलाई देशभक्त, साँचो नागरिक उपधिले सुशोभित नगरेको देख्दा अचम्भ लाग्नु स्वभाविक कुरा हो। भारत देशमा विभिन्न सम्प्रदायका धर्मावलम्बीका मानिसहरू बसोबासो गर्दछन्। तीमध्ये केही सम्प्रदायका धर्मावलम्बीहरूले आफूलाई मात्र देशका साँचो नागरिक अनि अरूचाहिँ पेटपालनका लागि मात्र यहाँ शरण लिन आएको जस्तो दृष्टिकोण राख्दछन्। शायद हामी नेपालीभाषीहरूले पनि कहीँ कतै अन्य सम्प्रदायका मानिसहरूलाई त्यस्तै हेर्दैछौं की? यस्तै दृष्टिले हामीलाई पनि अरू सम्प्रदायकाहरूले हेर्दा हुन्, सोच्ने कुरा हो। त्यसभित्र हामी भारतीय नेपालीहरूको गन्थन आफ्नै छ हामी “नेपाली कि गोर्खा”? सम्पूर्ण नेपालीभाषी भाग-भागमा “नेपाली” र “गोर्खा” भएका छौं। सांस्कृतिक विषयमा पनि विभाजित छौं। त्यतिले मात्र नपुगेर साधारण जाति, अन्य पछौटे वर्ग, अनुसूचित जन-जाति, अनुसूचित जातिमा सरकारको व्यवस्थाभित्र परेर विभाजन भएका छौं। कतिपय कारणहरूले गर्दा राजनैतिक खेमामार्फत् जात-जातको “समाज” स्थपित गर्नलाई प्रेरित मात्र होइन बाध्य गराइरहेका छन्। राम्रै पनि भएको छ। पछि गएर जसको हातमा सत्ता पर्छ, जो बलियो छ, जुन सम्प्रदायका जात गोष्ठीको जोर चल्छ तिनिहरूले नै सबै जाति-गोष्ठीको सहित्य, सांस्कृतिक पृष्ठभूमिहरूमाथि अतिक्रमण गरी घरको न घाटको बनाउँदैछन्। तसर्थ हाम्राहरूको समयमा चेतना जागेको छ। सबैले आफ्नो-आफ्नो जातीय समाज स्थापित गरेर आफ्ना साहित्य, संस्कृति, आर्थिक, सामाजिक स्तरलाई बलियो बनाउँदै छन्। यो पनि सम्पूर्ण नेपालीहरूको उपलब्धि मान्नुपर्छ। सबै जाति गोष्ठीले आफ्नो जाति गोष्ठीलाई मात्र सही नेतृत्व दिएर सही दिशामा डोहोऱ्याउने सके ती जाति-गोष्ठी उन्नतिको शिखरमा पुग्नेछन्। नेपालीभित्रै नै पनि स्वच्छ वातावरणसाथ प्रतिस्पर्धा जाग्ने साथै उन्नति हुनेछ तर ईर्ष्या, रीसरहित हुनुपर्छ।

 

त्यस्तै प्रकारले दार्जीलिङ जिल्लाभरि नै विभिन्न ठाउँहरूमा विश्वकर्म समाज स्थापित भएका छन्। त्यसै गरी कालेबुङ विश्वकर्म समाज पनि साहित्य, सांस्कृतिक, शिक्षा, शिल्पकलाको संरक्षण हुने विश्वास राख्नसकिन्छ।

 

हाम्रा विश्वकर्महरूका थर, गोत्र, रीति-रिवाज, साज-बाज, संस्कृति विषयमा जानकरीमूलक पुस्तक भविष्यमा अवश्य प्रकाशित गर्न सकिएला भन्ने विश्वास राख्नसकिन्छ। यति मात्र होइन भविष्यमा भारतभरिका विश्वकर्मका प्रख्यात समाजसेवी, कलाकार, लेखक, सहित्यकार, चलचित्र निर्माता-निर्देशक र अन्य विषयका प्रतिभाहरूलाई प्रत्येक वर्ष कुनै एकजाना वि़ेज्ञ विश्वकर्मका नाममा पुरस्कार दिन, सम्मान जनाउल सके अति उत्तम हुनेछ। यस कार्यको निम्ति अलग्गै गुठी बनाउन सकनुपर्छ नाकि दिल्लीमा हुने पुरस्कारको निम्ति हाम्रा विश्वकर्म समाजाक सचेत व्यक्तिहरू हारालुछ गरेजस्तो नहोस्। सठिक कार्यमार्फत् सुझाउ राख्न सकियोस्। भविष्यमा विश्वकर्म समाजको हितार्थ विश्वकर्म समाजको निर्देशलाई शिरोपर गरी कार्य गर्नेवचनवद्ध भई सबैमा फेरि नमस्कार जनाउँछु।

 

-बी. बी. विश्वकर्म, शास्त्रीनगर, सिलगड़ी

Leave your comment...
आफ्नो प्रतिक्रिया लेख्नुहोस..

Related Posts Plugin for WordPress, Blogger...