Wednesday, September 19, 2012

नियतिर्केणः बाध्यते

कमानसिंह बाबु!

तिम्रो सेवा निवृत्तिका

अमूल्य क्षणहरू यहाँ

व्यस्ततामै बिते

उमेरको यो आफ्नो यात्रामा

अशक्त महसुस गर्दै निधारका चिटचिटे पसिनाहरू पुछेर

तिम्रा ती समकालीन मित्रहरू सित

एउटा नोस्टलजिया दोहोराउँदै

चौरस्ताका बेन्चहरूमा

मज्जाले बसेर

थकाई मार्ने

फुर्सद नै कहाँ मिल्यो र तिमीलाई,

आफ्नो स्वास्था लाभ गर्न

कञ्जनजङ्घाका सेता हिउँहरू हेर्दै

मालरोडको स्वच्छ हावा

सेवन गर्ने

मौका नै कहाँ मिल्यो र तिमीलाई,

बरू ती रोग/चिन्ता/थकाइ

अनि उमेरका धमिराहरूलाई

कतैतिर पन्साएरै भए पनि

जातिय अस्मिताको निम्ति

आत्मबलको राँको बाली

एउटा जोशिला युवा मन बोकेर

अन्याय र अत्याचारको विरुद्ध लड़िरह्यौ

मनका असंख्य असन्तुष्टिहरू पोखिरह्यौ

अनि यतिन्जेल-

टेवा नपुगेको समाजलाई हेरिरह्यौ

समाजमा व्याप्त

सङ्कीर्णताको कालो बादललाई

सुस्तरी पन्साउन खोज्दै

यो पहाड़ र मधेशका

गोर्खा अनुसूचित जातिहरूका

समुत्थानको निम्ति सदैव

संवैधानिक सहुलितहरू खोजिरह्यौ

हो साँच्चै-

तिम्रा ती व्यस्तताहरू व्यर्थै बितेनन्

त्यसैले मनभित्र थुप्रै

आशाका बिरुवाहरू रोप्दै

यी शोषित र अत्याचारी

गोर्खाहरूका अधिकार र गोर्खाल्याण्डको निम्त

ज्वालमुखी भएर पड़्किदियौ

तर अभाग्यवश!

नियतिर्केणः बाध्यते

केही स्वप्न खोज्न हिँड़्का

तिम्र दूरदर्शी आँखाहरू

अब सधैँका लागि निदाए

गोर्खा अम्बरका एउटा नयाँ सूर्य

आज अनायसै फेरि अस्ताए।

-जतीश बराइली “विपश्वी”, दार्जीलिङ

Leave your comment...
आफ्नो प्रतिक्रिया लेख्नुहोस..

Related Posts Plugin for WordPress, Blogger...