Friday, September 21, 2012

विश्वकर्म समाज, कालेबुङ अनि यसको भूमिका

समाजको परिभाषाछ —

  1. समाज वृक्ष हो – छहारी दिने, सदस्यहरु जड़ हुन पोषण दिने। अतः दुवै एक अर्काका सम्पूरक हुन्।
  2. समाज एउटा छाता जस्तै हो जसले पानी पर्दा ओत दिन्छ, घाम लाग्दा शीतल दराउँछ, हावा-धुलो उड़्दा केही हदसम्म सुरक्षा दिलाउँछ भने हिँड़्दा लठ्ठी जस्तै प्रयोग गरे सहारा पनि दिन्छ।

समाज किन अनिवार्य —

  1. मानिलिऊँ एउटा ठूलो परिवारका सन्तान विभिन्न प्रदेश जस्तै सिक्किन, भूटान, काशी, नेपाल, आसाम, मिजोराममा छरिएर बसोबासो गरेका छन् अनि उनीहरूबीच आउजाउ, कुनै सम्पर्क नभएपछि एक आर्काको अवस्था धनी-गरीब, जन्म-मरण, बिहे-बटुल जस्तै भई केही थाहा हुँदैन। अतः ठूलो सन्तान भएर पनि निस्सन्तानसरह बाँच्नुपर्छ। यस्तै प्रकारले हामी विश्वकर्म परिवार पनि आफ्नो परिस्थति बमोजिम घर-परिवारमा बसे पनि विश्वकर्म समाजको छत्रछायाँमा छौं भने हाम्रो चिह्नारी, नाता कायम हुन्छ। समयमा परेको खण्डमा समाजले सधैँ सन्तानको हितमा काम गरेको हुन्छ।
  2. अनुसूचित जातिको विश्वकर्म समाजले बेला-बेलामा उत्पीड़न, अड़चन, बिघ्नवाधा, हेलारोँचो, अवहेलना घरगाउँ र समाजमा सहन गर्नुपर्छ। यस्ता कुपरिस्थितिको उन्मूलन गर्नु समाजको अहम् भमिका रहन्छ।

विश्वकर्म समाजले भविष्यमा गर्नुपर्नेकार्यक्रम अनि समाजको भमिका

विश्वकर्म समाजले भविष्यमा गर्नुपर्नेकार्यसूचि पूर्व निर्घारित गर्न कठिन पर्दछ। समय परिस्थिति कस्तो आउँछ त्यसलाई मध्यनजर राखेर समाजले आफ्नो समुदायको हितमा काम गरेको हुन्छ। भन्नुको तात्पर्य विश्वकर्म समाजले भविष्यमा गर्नुपर्ने कार्यक्षेत्र विशाल छ।

  1. त्यसै पनि अनुसूचित जाति –विश्वकर्म समुदायका मानिसहरू समाजिक, आर्थिक र शैक्षिक क्षेत्रमा भारतका अन्य विकसित जातिको दाँजोमा पछौटे जाति हो जसलाई संविधानको अनुच्छेद 341 अनि 342 –अन्तर्गत संसदद्वारा सूचिमा गाभिएको हो। तसर्थ यी तिनै क्षेत्रमा विश्वकर्म समाजले भविष्यमा पनि आफ्नो समुदायको उत्थानको कार्य गर्नेछ।
  2. आफ्नो भावी कार्यक्रममा समाजले प्रारम्भ गरेको जनगणनाको कार्यलाई अन्तिम रूप दिन सक्षम भए अति उत्तम हुनेछ। जस जनगणमाको कार्यमार्फत् समाजलाई आफ्नो परिधिभित्र परेका विश्वकर्म सन्तानको जनसंख्यासितै शैक्षिक, आर्थिक, धार्मिक, व्यवसाय अनि विभिन्न अवस्थाका विवरण स्पष्ट हुँदछ। जनगणना मार्फत् सूचिमा परेका विश्वकर्म समुदायका दक्ष र पारखीलाई लिएर विभिन्न क्षेत्र-शिक्षा, सङ्गीत, सांस्कृतिक, चित्रकला, साहित्य, खेलकुद इत्यादि क्षेत्रमा धेरै विकास कार्य गर्नसकिन्छ।
  3. 1926 –देखि स्थापना भएको विश्वकर्मा समाजका जति पनि पदाधिकारी कर्मठ सदस्य-सदस्या हुनुहुन्थ्यो अथवा हुनुहुन्छ ती पुराना व्यक्तिवर्गलाई वर्तमान विश्वकर्म समाजद्वारा सधैँ सम्झना एवम् सम्मान गरियोस्।
  4. विश्वकर्म समुदायका मेधावी विद्यार्थी एवम् ख्यातिप्राप्त व्यक्तिलाई संवर्द्धना जनाउने कार्यक्रम रहोस्।
  5. 1926 –देखि स्थापना भएको विश्वकर्म समाजको आफ्नै विशेषता र इतिहास हुनुपर्ने। यो लामो समयको अन्तरालमा कति उतार-चढ़ाउ समाजले झेल्नु पऱ्यो होला। समाजमा भने जस्तो दस्तावेज नहुँदा, वर्तमान विश्वकर्म समाजले भावी कार्यक्रममा एउटा स्मारिका निकाल्न अनिवार्य छ।
  6. हाम्रो विश्वकर्म समाजमा पुरोहित-पण्डितको सङ्खया अति कम्ती देखिन्छ। समुदायमा जजमान कार्यक्रममा रुचि बढ़ाई संस्कृत पाठशालामार्फत् सङ्ख्यामा वृद्धि ल्याउन आवश्यक देखिन्छ। विशेष एउटै अन्त्येष्टि क्रियाको शास्त्र चालाउने हितकारी समाजमा धनी-गरीब सबैमा 13 दिनकै शुद्धिकार्य गरिन्छ भने विश्वकर्म समुदायमा मन परी जस्तै देखिन्छ। यसमा एकीकरण/एकरूप गर्नलाई पुरोहितवर्गसित विचार-विमर्शको आवश्यक हुँदा यस विषय समाजले पहल गर्नुपर्नेदेखिन्छ।
  7. विश्वकर्म समाजले भविष्यको कार्यक्रममध्ये फूलपाती, देउसी, सांस्कृतिक कार्यक्रम, वनभोज, प्राकृतिक प्रकोप सहायता, पर्यावरण संरक्षणमूलक कार्यक्रममा आफ्नो सहभगिता जनाउन सकोस् जसमार्फत् परम्परा, भेषभूषा, संस्कृति, सद्भावना, मित्रता, एकता कायम रहोस्।

- मणिकुमार रसाइली, कालेबुङ

Leave your comment...
आफ्नो प्रतिक्रिया लेख्नुहोस..

Related Posts Plugin for WordPress, Blogger...